Follow us: Youtube Android App
सूचना विभागको कार्ड कार्यक्षेत्रमा खटिने पत्रकारलाई गलपासो
१५ जेठ २०७८

भक्तपुर । निषेधाज्ञा कडाइ गरिएपछि समाचार सङ्कलन गर्न निस्किएको म कौसल्टारको बीच सडकमा रोकिएँ । समाचार सङ्कलन गर्न निस्किएका मलाई सडकमा खटिएका प्रहरीले रोकेपछि राससको आफ्नो परिचयपत्र देखाएँ । प्रहरीले सूचना विभागद्वारा जारी गरेको परिचयपत्र देखाउन भनेपछि अलमलमा परेँ ।

 “मैले १७ वर्षदेखि राससमा पत्रकारिता गर्दैछु, आजसम्म यही कार्डले भयो, अहिले चाहिँ किन चाहियो विभागद्वारा जारी परिचयपत्र, सूचना विभागको कार्ड छैन र” त्यसपछि प्रहरीले भने, “माथिको आदेश त्यही छ, मैले केही गर्न सक्दिन तपाईं फर्कनुहोस् ।”  

 निषेधाज्ञामा गरिएको कडाइपछि उपत्यकामा समाचार सङ्कलन गर्न निस्किएका धेरै पत्रकारबीच बाटोबाटै फर्कनुपर्ने पीडा भोग्नुप¥यो । कोरोना सङ्क्रमित रोक्न उपत्यकाका तीनवटै जिल्ला प्रशासनले गरेको निषेधाज्ञा हिजोबाट थप कडाइ गरेपछि त्यसको मारमा कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीलाई परेको छ ।

 विभागद्वारा जारी गरिएको परिचयपत्रलाई मात्र मान्यता दिएपछि कार्यक्षेत्रमा खटिने धेरै पत्रकारलाई विभागद्वारा जारी परिचयपत्र यतिखेर गलपासो बनेको छ । विभागद्वारा जारी परिचयपत्र नहुँदा समाचार सङ्कलनका लागि कार्यक्षेत्रमा खटिएका दैनिक पत्रिका, टेलिभिजन, रेडियो तथा अनलाइनका धेरै सञ्चारकर्मीबीच सडकमै आफ्नो सवारी साधन रोकेर अलपत्र पर्नु परेको छ ...

समाचार स्रोत :