Follow us: Youtube Android App
‘आफ्नै सन्तानसँग के प्रतिस्पर्धा गर्नु भनेर मिडियामा आइनँ’
१९ साउन २०७८

कान्तिपुर पब्लिकेसन्सका संस्थापक हुन् श्याम गोयन्का (सुरुमा यसको नाम गोयन्का पब्लिकेसन्स थियो)। २०४६ पछिको खुला परिवेशमा पहरेदार पत्रकारिताको लक्ष्यसाथ उनले मिडियाको उद्यम खोलेका थिए। गोरखापत्र र राइजिङ नेपालका निजी विकल्पका रूपमा उनले ल्याएका कान्तिपुर र दि काठमान्डु पोस्टको लोकप्रियतासँगै छोटो अवधिमै उनी त्यहाँबाट बाहिरिनुपर्ने अवस्था आयो। धेरैलाई चासो छ, नेपालको निजी मिडिया उद्योगका ‘गड फादर’ गोयन्का कहाँ होलान् ? के गर्दै होलान् ? कुन लडहमा उनी ठूलो मिडिया हाउस खोल्न पुगे ? कुन बाध्यतामा अलगिएर हिँडे ? उनको नजरमा नेपाली सञ्चार जगत् कहाँ पुगेको छ ? के उनी फेरि यता फर्कन चाहन्छन् ? यिनै पृष्ठभूमि र परिवेशमा गोयन्कासँग अन्नपूर्ण पोस्ट्का अखण्ड भण्डारीनरेन्द्र साउदले गरेको कुराकानीको सम्पादित अंश–

कुन उद्देश्य र सोच राखेर मिडिया उद्योगमा हात हाल्नुभएको थियो ?

वि.सं. २०४० सालसम्म म भारतको पत्रिका इण्डियन एक्सप्रेसमा काम गर्थे। त्यहाँ मैले विज्ञापन, सर्कुलेसन, प्रेस लगायतका विभागमा काम गरेँ। आर्थिक विषयमा कहिलेकाहीँ लेख पनि लेख्थे। २०४१ सालमा म काठमाडौं आएँ। त्यतिबेला नेपालमा प्रजातन्त्र पुनर्वहालीको आन्दोलन भइरहेको थियो। २०४६ मा प्रजातन्त्र आएपछि यहाँको मिडिया क्षेत्र अपूर्ण जस्तो लाग्यो। प्रजातन्त्र, मानव अधिकार, नागरिक स्वतन्त्रता, कानुनी शासनका लागि उत्तरदायी मिडियाको खाँचो महसुस गरेँ। र, ब्रोडसिट दैनिक चलाउने निचोडमा पुगेर २०४८ सालमा प्रेस अर्डर गरेँ। अन्य पूर्वतयारी सँगसँगै गरिरहेँ। २०४९ साल फागुन ७ गतेबाट निजी क्षेत्रको पहिलो ब्रोडसिट नेपाली दैनिक कान्तिपुर र अंग्रेजी दि काठमान्डु पोस्ट प्रकाशन सुरु गरेँ ...

समाचार स्रोत :