Follow us: Youtube Android App
जब सरकारी गाडीमा कोचियो...
३२ साउन २०७८

शनिबार दिउँसो १ बजेसम्म अफिसले दिएको काम गर्न विभिन्न निकाय र व्यक्तिसँग फोनमा सम्पर्क गरिरहेको थिएँ। उक्त कामका लागि आवश्यक समाचार सामग्री नपाएपछि महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको रिपोर्टिङ गर्न दिउँसो साढे १ बजेतिर भीमदत्त नगरपालिका–१२ स्थित नदी किनार पुगें। गत असारमा महाकाली नदीमा आएको बाढीले महाकालीमा निर्माणाधीन चार लेन पुल जोड्न बनाइएको बाँध बगाउँदा पुलसँगको सम्बन्ध बिच्छेद बनेको थियो।

पुल निर्माण कम्पनीले महाकालीपारि दोधारा चाँदनीतर्फ पुल बनाउन तुइनको प्रयोग गरेको छ। कामदार र निर्माण सामग्री ओसारपसार गरिरहेको विषय र उक्त पुलसँगै बनेको पहुँच मार्ग (अहिले सामाजिक सञ्जालमा भाइरल रोड नामले परिचित) को रिपोर्टिङ गर्ने उद्देश्यले त्यहाँ पुगेको थिएँ। शनिबारको दिन भएकाले त्यहाँ घुम्न आउनेको भीड थियो। मान्छेहरू कोही टिकटक बनाउन व्यस्त थिए भने कोही महाकाली नदी किनारमा रमाइरहेका थिए।

म सिधै महाकाली पुलको छेउमा पुगें। त्यहाँ ७÷८ वटा अटोरिक्सा र केही निजी सवारी पार्किङ गरिएका थिए। घुम्न आउनेको भीड थियो। त्यही बीचमा दुईवटा सरकारी गाडी महेन्द्रनगरतर्फ मोडिए। बा२झ २०३७ नम्बरको गाडीमा पुरुषहरू थिए भने बा२झ ४५४० नम्बरको गाडीमा महिलाहरू थिए। शनिबार बिदाको दिन सरकारी गाडी प्रयोग गर्न पाइँदैन। मैले त्यही भएर ती दुवै सरकारी गाडीको फोटो र भिडियो खिचें। त्यहीबेला गाडीबाट एक जना उत्रिनु भयो र मलाई त्यो फोटो र भिडियो डिलिट गर भन्नुभयो। ती व्यक्ति आन्तरिक राजश्व कार्यालय बाँकेका कार्यालय प्रमुख शरदचन्द्र पौडेल रहेछन् भन्ने पछि प्रहरीमा गएपछि थाहा पाएँ ...

समाचार स्रोत :