Follow us: Youtube Android App
राजधानीका अध्यक्ष महेन्द्र शेरचनको निधन
४ भदौ २०७८

राजधानी समाचारदाता काठमाडौं राजधानी न्युज पब्लिकेसनका अध्यक्ष एवं प्रबन्ध निर्देशक महेन्द्र शेरचनको कोरोना संक्रमणका कारण ६७ वर्षको उमेरमा निधन भएको छ ।

उनको उपचारका क्रममा नेपाल एपीएफ अस्पताल बलम्बुमा बुधबार साँझ निधन भएको हो । उनको बिहीबार दिउँसो पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।

श्रीमती नन्दा शेरचन र छोराहरू सचिन शेरचन र आशिष शेरचनले संक्षिप्त धार्मिक परम्पराअनुसार अध्यक्ष शेरचनलाई अन्तिम बिदाइ गरेका थिए । राजधानी न्युज पब्लिकेसनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्वअध्यक्षसमेत हुन् ...

समाचार स्रोत :