Follow us: Youtube Android App
उपत्यकामा अब बस भाडा तिर्न नगदको साटो यात्राकार्ड
९ साउन २०७७

संघीय राजधानी काठमाडौंका १५ सय सार्वजनिक यातायातका साधनमा इ–टिकेटिङ प्रणाली जडान हुने भएको छ ।

फिनटेक इन्टरनेशनलले २० वटा सार्वजनिक यातायात समिति/कम्पनीका करिब १५ सय सवारीमा उक्त प्रणाली जडान गर्न लागेको हो।कम्पनीले तत्काल ५ सय बसमा प्रविधि जडानको गृहकार्य सुरु गरेको छ। एक हप्ताको परीक्षणपछि बाँकी सवारीसाधनमा प्रविधि जडान हुने कम्पनीले जनाएको छ। तीन वर्षदेखि इ–टिकेटिङ (क्यासलेस कार्ड) सिस्टमा जडानका लागि सुरु गरेको काम अन्तिम चरणमा पुगेको फिनटेक इन्टरनेशनलका महाप्रबन्धक हेमन्त अग्रवालले जानकारी दिए ...

समाचार स्रोत :