Follow us: Youtube Android App
तेक्वान्दो केन्द्रीय समितिबाट ओलम्पियन दिपक बिष्ट, संगिना बैद्यसहित १२ जनाको बिदाइ
१३ साउन २०७७

नेपाल तेक्वान्दो सङ्घले केन्द्रीय कार्य समितिका विभिन्न पदाधिकारी र सदस्यलाई बिदाइ गरेको छ। सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) पनि आबद्ध रहेका १२ कर्मचारीलाई बिदाइ गरेको हो।

बिदाइ हुनेमा सङ्घका सचिव नवीनकुमार श्रेष्ठ, प्रवक्ता दीपक विष्ट र सहकोषाध्यक्ष सुमनकुमार घले छन्। त्यसैगरी सदस्यमा टिकाप्रसाद लिम्बु,, सङ्गिना वैद्य, नोर्बु लामा, हेमन्त डाँगी, श्रीमान थापामगर, पूर्ण योञ्जन, कविराज खड्गी, हिराबहादुर थापा र मिन न्यौपाने छन्। नेपाल सरकारद्वारा जारी गरिएको राष्ट्रिय खेलकुद विकास ऐन ०७७ कार्यान्वयन भएसँगै राखेपका कर्मचारीहरु कुनै पनि खेलकुद सङ्घमा आबद्व हुन नपाउने प्रावधानअनुसार उनीहरुले सङ्घलाई राजीनामा बुझाएका थिए ...

समाचार स्रोत :