Follow us: Youtube Android App
फिफाको नयाँ वरियतामा बेल्जियम शीर्ष स्थानमा
२ असोज २०७७

विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथास्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा यथावत रहेको हो ।


गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो । त्यस्तै नेपाल दक्षिण एशियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । एक स्थान घटुवा भएको भारत १०९औँ स्थानमा छ भने माल्दिभ्स १५५औँ स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् । भुटान १८९औँ, बङ्गलादेश १८७औँ, श्रीलङ्का २०६औँ र पाकिस्तान २००औँ स्थानमा रहेका छन् ...

समाचार स्रोत :