Follow us: Youtube Android App
रेमिट्यान्स बढ्ने क्रम रोकिएन, साउनमा मात्रै ९२ अर्ब भित्रियो
१० असोज २०७७

काठमाडौं । रेमिटेयान्सको आप्रवाह साउन महिनामा समेत अत्यधिक देखिएको छ । जेठ महिनामा ९४ अर्ब ३ करोड र असारमा १ खर्ब १६ करोड रुपैंया भित्रिएको रेमिट्यान्सको आप्रवाह साउन महिनामा समेत उस्तै देखिएको हो ।


नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा मात्रै बैधानिक च्यानलबाट ९२ अर्ब ७१ करोड रुपैंया रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको साउन महिनाको तुलनामा २३ प्रतिशत बढी हो । असार महिनामा भित्रिएको रेमिट्यान्स अघिल्लो वर्षको असार महिनाको तुलनामा १० प्रतिशत मात्रै बढी थियो । आर्थिक वर्षको अन्तिम महिना भएकोले असारमा रेमिट्यान्स आप्रवाह तुलनात्मक रुपमा धेरै हुने भए पनि साउन भने तुलनात्मक रुपमा कम रेमिट्यान्स आउँथ्यो ...

समाचार स्रोत :