काठमाडौं । ओपनर राहुल त्रिपाठीको उत्कृष्ट प्रदर्शनको मद्दतमा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपर किंग्सलाई १० रनले हराएको छ ।
आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा कोलकाताले चेन्नाईलाई जितका लागि १६८ रनको चुनौति दिएको थियो । चेन्नाईको टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्रै बनाउन सक्यो । कोलकाताको जितमा ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रन बनाए । ५१ बल सामना गरेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । उनी म्यान अफ द म्याच भए ...