Follow us: Youtube Android App
नाडालले जिते १३ औं पल्ट फ्रेन्च ओपन
२६ असोज २०७७

पेरिस — राफेल नाडालले आइतबार कीर्तिमान १३ औं पल्ट फ्रेन्च ओपन जितेका छन् । उनले रोलान्ड ग्यारोसमा भएको फाइनलमा नोभाक जोकोभिचलाई सजिलै ६–०, ६–२ र ७–५ ले पराजित गरे ।


शीर्ष वरीयताका जोकोभिचले दोस्रो नम्बरका खेलाडीविरुद्ध कुनै पनि समय बलियो चुनौती पेस गर्न सकेनन् । यससँगै नाडालले २० औं ग्रान्ड स्लाम उपाधि पनि जितेका छन् र रोजर फेडेररसँग सर्वाधिक ग्रान्ड स्लाम उपाधि जितेको कीर्तिमान बराबर गरेका छन् । जोकोभिच १७ ग्रान्ड स्लामसँगै तेस्रो स्थानमा छन् । नाडालले भने कीर्तिमान फ्रेन्च ओपन जितेर आफू क्ले कोर्ट टेनिसका सर्वकालीन महान् खेलाडी भएको पनि फेरि एकपल्ट प्रमाणित गरेका छन् ...

समाचार स्रोत :