अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले सोमबार अमेरिकी विदेश नीतिबारे जानकारी दिदैं युरोपेली सहयोगीहरुसँग मिलेर चीनसँगको व्यापार युद्ध अन्त्य गर्ने लक्ष्य बाइडेन प्रशासनले राखेको बताएका छन् ।
बेलायतले युरोपेले संघ छाडिसकेको अवस्थामा उनको यस्तो प्रतिक्रिया सार्वजनकि भएको हो । वासिङटनले बेइजिङलाई एक रणनीतिक प्रतिस्पर्धीका रुपमा हेरेको र अमेरिका–चीनबीच जारी व्यापार युद्धका दौरान दुई देशबीच व्यापारिक सम्बन्धलाई पनि उत्तिकै प्राथमिकता दिइने उनले बताए । उनले चीनसँगको मतभेदलाई कम गर्नु अहिले लक्ष्य रहेको बताए ...