वासिङ्टन डीसी : अमेरिकी संघीय संसद् (क्यापिटल हिल)मा बुधबार जो बाइडेनलाई राष्ट्रपति पदमा निर्वाचित भएको घोषणा गर्ने दिन थियो ।
गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका थिए। तर, धाँधली भएको भन्दै हार अस्वीकार गर्दै आएका ट्रम्पको समर्थनमा बुधबार वासिङ्टनमा हजारौं भेला भएका थिए। बाइडेन राष्ट्रपतिमा विजयी भएको घोषणाअघि आयोजित भेलालाई सम्बोधन गर्दै ट्रम्पले पुरानै कुरा गरे ...