Follow us: Youtube Android App
नेपालमा राधे रिलिजको सर्वत्र विरोध
२ जेठ २०७८

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा सेन्सर भएको छैन । सेन्सर बिना नै नेपालमा डिजिटल प्लेटफर्ममा रिलिज गरिएपछि यसको सर्वत्र विरोध भएको छ ।

यो फिल्लाई नेपालमा गोपीकृष्ण मुभिजले वितरण गरेको छ । फिल्म हलमा रिलिज गर्नु नपर्ने भएपछि गोपीकृष्णले सेन्सर गर्नु नपर्ला भनेर यहाँको डिजिटल प्लेटफर्ममा रिलिज गरिएको जनाएको छ ।

चलचित्र विकास बोर्डले भारतीय फिल्म राधेलाई बिना सेन्सर नै यहाँका नेट टिभी, डिस होमको फिल्म च्यानलगायतमा रिलिज गरिएको भन्दै सेन्सरका लागि बिहीबार नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठायो । सो पत्रप्रति मन्त्रालयको ध्यान गएको छ । फिल्म राधेलाई सेन्सर गरेर मात्र नेपालमा प्रदर्शन गर्नका लागि सञ्चार मान्त्रालयले शुक्रबार यो फिल्मको नेपाल वितरक गोपीकृष्ण मुभिजलाई पत्र काटेको छ । मन्त्रालयबाट पत्र आएपछि गोपीकृष्ण मुभिज सो फिल्मको सेन्सर तयारीमा शुक्रबार दिउँसोबाट जुटेको हो ...

समाचार स्रोत :