Follow us: Youtube Android App
‘भारतीय भेरियन्ट’ सम्बन्धी पोस्टहरू सामाजिक सञ्जालबाट हटाउन भारत सरकारको निर्देशन
९ जेठ २०७८

काठमाडौं । भारत सरकारले ‘भारतीय भेरियन्ट’ लेखिएका र यसप्रति संकेत गरिएका सबै पोस्टहरु सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले B.1.617 लाई ‘भारतीय भेरियन्ट’ नभनेको भन्दै भारत सरकारले त्यसलाई ‘भारतीय भेरियन्ट’ भन्नु गलत हुने तर्क गरेको छ ।

B.1.617 सबैभन्दा पहिले भारतमा फेला परेकाले त्यसलाई ‘भारतीय भेरियन्ट’ भन्ने गरिएको छ । कोरोना भाइरसको भेरियन्टलाई त्यही स्थानको नाम जोडेर भन्ने गरिएको छ, जहाँ सबैभन्दा पहिले पाइएको थियो । ‘युके भेरियन्ट’ र ‘ब्राजिल भेरियन्ट’ यसको उदाहरण हुन् ...

समाचार स्रोत :