Follow us: Youtube Android App
बेलायतमा कोरोना संक्रमणदर निरन्तर उकालो लाग्दै
१५ जेठ २०७८

लण्डन । बेलायतमा कोरोना संक्रमण दर  निरन्तर उकालो लाग्दै गएको छ । दैनिक संक्रमण बढ्न थालेपछि सरकारको रोडम्याप अनुसार आगामी जुन २१ बाट पूर्ण रुपमा लकडाउन खोल्ने योजना लम्बिन सक्ने सम्भावना बढेको छ  ।

 ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार शुक्रबार  चार  हजार १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या गत अप्रिल १ तारिख पछिकै उच्च हो । बिहीबार तीन हजार ५४२ रहेको संक्रमित संख्या एकैदिनमा ६ सय भन्दा बढी संक्रमित थपिएका हुन् । यससँगै बेलायतमा कोरोना संक्रमितको  कुल संख्या ४४ लाख ७७ हजार ७०५ पुगेको छ ।

बेलायतका विभिन्न स्थानमा ‘इन्डियन भेरियन्ट’ को संक्रमण देखिन थालेपछि संक्रमण दर बढ्न थालेको हो  । संक्रमण संख्यामा भएको वृद्धिसँगै संक्रमण मापन दर पनि एक स्तर बढेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ र ‘साइन्टिफिक एडभाइजारी ग्रुप’ द्वारा शुक्रबार सार्वजनिक तथ्यांक अनुसार कोरोना संक्रमण मापन (आर) दर १.० देखि १.१ कायम गरिएको छ । संक्रमण दर बढ्दै जाँदा आउँदो जुन २१ बाट पूर्ण रुपमा लकडाउन मुक्त हुने सम्भावना कम हुँदै गएको छ । कतिपय विज्ञहरुले लकडाउन खोल्ने सरकारको रोडम्यापलाई केहि महिना पछि सार्न सुझाएका छन् । तर, हस्पिटालिटी व्यवसायको समूहले भने यसको विरोध गर्दै आएको छ । सरकारको रोडम्याप अनुसार आगामी जुन २१ बाट लकडाउनसम्बन्धी सम्पूर्ण कानूनी प्रावधानहरु हट्नेछन् ...

समाचार स्रोत :