Follow us: Youtube Android App
अमेरिकासँग खाेप माग्दै राष्ट्रपति भण्डारी, पठाइन् बाइडेनलाई पत्र
१५ जेठ २०७८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनसँग खोपको सहयोग माग्दै पत्र पठाउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको पत्र अमेरिकाका लागि नेपाली राजदुत डा.युवराज खतिवडाले स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिङ्गालाई बुझाउनुभएको हो ।

मासिङ्गासँगको भेटमा खतिवडाले नेपालमा कोभिड–१९ र खोपको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै अमेरिकी सहयोगसँग खोप सहयोगको लागि अनुरोध गर्नुभएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ । नेपालले अस्ट्राजेनिका र जोन्सन एण्ड जोन्सनको खोप सहयोगको अपेक्षा राखेको उल्लेख गर्दै खरिद प्रक्रियामा पनि सहजीकरण गरिदिन आग्रह गर्नुभएको छ ...

समाचार स्रोत :