Follow us: Youtube Android App
फ्रान्सबाट १० वटा अक्सिजन प्लान्ट नेपाल ल्याइँदै
१७ जेठ २०७८

काठमाडौँ l विभिन्न ७ सामाजिक र व्यापारिक समूहको समन्वयमा फ्रान्सबाट १० वटा अक्सिजन प्लान्ट ल्याउने प्रक्रिया अगाडि बढाइएको छ ।

१२ करोड रुपैयाँ संकलन गरेर ल्याउन लागिएको दस वटा अक्सिजन प्लान्टले २४ घन्टामा ५०० बेड र १५० सिलिन्डरलाई पुग्ने अक्सिजन उत्पादन गर्नेछ ।

अमेरिका नेपाल मेडिकल फाउन्डेसन, क्रियसन नेपाल, ह्युम्यानिटी फाउन्डेसन नेपाल, मिसन रिबिल्ट नेपाल, बतास फाउन्डेसन, जगदम्बा स्टिल र स्याकार ट्रेडिङ कम्पनी प्रालि अक्सिन प्लान्ट नेपाल ल्याउने प्रक्रियामा सामेल भएका हुन् । मिसन रिबिल्ट नेपालका अध्यक्ष डाक्टर मदन उप्रेतीले फ्रान्सबाट किनिएको अक्सिजन प्लान्ट बढीमा तीन साताभित्र आफूहरुले पाउने बताए । उनले एक साताभित्रमा कुन–कुन अस्पताललाई अक्सिजन प्लान्ट दिने भन्नेबारेमा अध्ययन सकिने बताए । फ्रान्सबाट ल्याइने अक्सिजन प्लान्ट अस्पतालहरूलाई नि:शुल्क दिइनेछ ...

समाचार स्रोत :