Follow us: Youtube Android App
कतारमा दिउँसोको चर्को घाममा काम लगाउने ५४ कम्पनीलाई कारबाही
२३ जेठ २०७८

कतार सरकारले दिउँसोको चर्को घाममा काम लगाउने ५४ वटा कम्पनीलाई कारबाही गरेको छ। कतारमा दिउँसोको चर्को घाममा काम लगाउन प्रतिवन्ध छ।

मजदुरलाई दिउँसोको चर्को घाममा काम लगाउने कम्पनीलाई कारबाही गरिएको त्यहाँको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले जनाएको छ।

कतारमा जुन १ देखि सेप्टेम्बर १५ सम्म बिहान १० देखि दिउँसो साढे ३ बजेसम्म घर बाहिर काम लगाउन नपाइने नियम छ।। दिउँसो हुने उच्च तापक्रमबाट मजदुरलाई बचाउन यस्तो नियम बनाइएको सरकारले जनाएको छ ...

समाचार स्रोत :