Follow us: Youtube Android App
भूपू गोर्खा सैनिकको जीवनरक्षाका लागि अन्तरिम आदेश
४ भदौ २०७८

सर्वोच्च अदालतले बेलायतमा प्रधानमन्त्री कार्यालयअगाडि अनशन बसेका तीन नेपाली नागरिकको जीवन रक्षाका लागि बेलायतस्थित नेपाली राजदूतावासमार्फत वार्ता गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासलले बिहीबार अनशन बसेका ती तीनको जीवन रक्षाका लागि आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालयलगायतलाई आदेश दिएको हो । आमरण अनशनमा बसेका तीन भूतपूर्व गोर्खा सैनिकको स्वास्थ्य जटिल बन्दै गएको भए पनि त्यहाँको सरकारले वास्ता नगरेको उल्लेख गर्दै त्यस सम्बन्धमा नेपाल सरकारले चासो लिनका लागि आदेश दिन माग गर्दै अधिवक्ता सञ्जय अधिकारीसमेतले सर्वोच्चमा दायर गरेको रिट निवेदनमा फैसला गर्दै यस्तो आदेश दिइएको हो  ...

समाचार स्रोत :