Follow us: Youtube Android App
अफगानिस्तानमा रहेका ८२१ नेपाली सम्पर्कमा, ५०४ काे उद्भार
७ भदौ २०७८

काठमाडौं, भदौ ६ गते । विद्रोही तालिवान समूहले सत्ता कव्जा गरेसँगै अफगानिस्तानमा अलपत्रमा परेका ८२१ नेपाली सम्पर्कमा आएका छन् । सम्पर्कमा आएकामध्ये ५०४ जनाको उद्धार गरी नेपाल ल्याइसकेको छ । सम्पर्कमा आएका बाँकी ३१७ जनाको उद्धार कार्य जारी रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

शनिबार टर्किस एयरबाट २६ जना र जजिरा एयरबाट ९ जना गरी जम्मा ३५ जनाको उद्धार गरी काठमाडौं ल्याएसँगै उद्धार गरिएको नेपालीको संख्या ५०४ जना पुगेको मन्त्रालयले जनाएको छ । शनिबार साँझसम्म कन्सुलर सेवा विभागमा ३१७ जनाले विवरण दर्ता गराइ सकेका छन् । विवरण दर्ता हुनेक्रम जारी रहेको प्रवक्ता लम्सालले जानकारी दिनुभयो । थप नयाँ विवरणसहित मन्त्रालय जानकारी गराउने तयारी गरेको जनाएको छ ...

समाचार स्रोत :