Follow us: Youtube Android App
अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ
४ असोज २०७८

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट मेक्सिको पुगेका केही व्यक्तिलाई मेक्सिको प्रहरीले फ्र्यांकफर्ट डिपोर्ट गरेको थियो । अन्य केही भने मेक्सिको उड्ने तयारीमा थिए ।

मेक्सिकोबाट डिपोर्ट भएकाहरूलाई भने मस्को फिर्ता पठाउन लागिएको जर्मन सुरक्षा निकायले बताएको जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काले जानकारी दिए । विमानस्थलको ट्रान्जिटस्थित प्रहरी सुरक्षा घेरामा रहेकामध्ये एक नेपालीले सुरक्षाका कारण आफ्नो नाम नखुलाइदिन आग्रह गर्दै कान्तिपुरसँग भने, ‘हामी यहाँ ६ दिनदेखि सुरक्षा घेरामा छौं । प्रहरी नियमानुसार अब दुई दिनभन्दा राख्दैन । हामी अझै मेक्सिको जाने आसमा छौं ।’

ती नेपालीका अनुसार आफन्तको विश्वासमा परेर उनीहरूले अमेरिका छिर्नका लागि जनही ३८ लाख रुपैयाँ तिरेका थिए । राजदूत खड्काका अनुसार दूतावासले जर्मनीको सुरक्षा एजेन्सीसँग सम्पर्क गर्दा १८ जना नेपाली आफ्नो नियन्त्रणमा रहेको बताएको छ । पक्राउ परेकामध्ये ६ जनासँग जापानको नक्कली भिसा भएकाले शंका लागेर समूहका सबैलाई नियन्त्रणमा लिइएको जर्मन सुरक्षा संस्थाले जानकारी दिएको खड्काले बताए ...

समाचार स्रोत :