Follow us: Youtube Android App
आगोमाथि अफगानिस्तान : अनिश्चित भविष्य
२२ असोज २०७८

अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेको झन्डै दुई महिना हुन लाग्यो। शासन हात लिए यता यसले प्रेस स्वतन्त्रता, महिला अधिकार र आम माफीको कुरा गर्दै आएको छ। तर, पनि अवस्था सामान्यीकरणभन्दा अझै टाढा देखिन्छ। तालिबानी सेनाले अफगान जनताप्रति अझै शत्रुतापूर्ण व्यवहार गरेको त्यहाँका अधिकार समूहहरूले बताउँदै आएका छन्। तालिबान लडाकुले पत्रकारहरूलाई हिरासतमा राखेर यातना दिने गरेका गुनासो छन्। देशका प्रमुख सहरहरूमा प्रदर्शनकारीको हत्या र दुर्व्यवहार गरेको आरोप उनीहरूलाई लगाइएको छ। तालिबान सरकारले बितेका २० वर्षयताका सबै शैक्षिक प्रमाणपत्रलाई बेकार भन्दै खारेज गरेको समाचारले विश्वलाई चकित पारेको छ। तालिबान शासन सत्तालाई कसरी अगाडि बढाउने योजनामा छ भन्ने अझै अस्पष्ट देखिन्छ।

अन्तर्राष्ट्रिय मान्यतालाई तड्पिँदै
तालिबान आफ्नो इस्लामिक इमिरेटलाई अफगानिस्तानको आधिकारिक सरकारको रूपमा अन्तर्राष्ट्रिय मान्यता पाउन ब्यग्र छ। समूहको नेतृत्व यही प्रयासमा व्यस्थ भए पनि अहिलेसम्म सफल हुन सकेका छैनन्।

संयुक्त राष्ट्रसंघका अधिकारीहरूसँग भेटघाट जारी राखेका छन्। गत महिना संघले अफगानिस्तानमा आफ्नो सहायता कार्यक्रम जारी राख्ने आश्वासन दिएको थियो। यद्यपि तालिबानले चुनेको दूतले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने अनुरोधलाई राष्ट्रसंघले अस्विकार गरको छ ...

समाचार स्रोत :