Follow us: Youtube Android App
अफगानिस्तानको मस्जिदमा शक्तिशाली बम विस्फोट: ५० मारिए, ९० घाइते
२२ असोज २०७८

काबुल — अफगानिस्तानको कुन्दुज सहरस्थित एक मस्जिदमा बम आक्रमण हुँदा कम्तीमा ५० जना मारिएका छन् । अरु दर्जनौँ घाइते भएका छन् । शुक्रबार प्रार्थनाको क्रममा सएद अबाद नामको सिया मस्जिदमा बम हमला भएको हो ।

यद्यपि मृतक र घाइतेको यकिन संख्याबारे विभिन्न सञ्चारमाध्यमले फरक-फरक समाचार दिएका छन् । सिएनएनका अनुसार ९० जना घाइते भएका छन् ।बीबीसीले भने कम्तीमा ५० जना मारिएको समाचार प्रसारण गरेको छ ।

घटनाबारे पूर्ण विवरण आइसकेको छैन । मृतकको संख्या बढ्नसक्ने बताइएको छ । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको तालिबान अधिकारीले जनाएका छन् । विस्फोटको अहिलेसम्म कुनै समूहले जिम्मा लिएको छैन ...

समाचार स्रोत :