Follow us: Youtube Android App
बेलायतमा कोराना संक्रमण तीब्र : दैनिक संक्रमण एक लाख पुग्ने सरकारी आँकलन
४ कात्तिक २०७८

लण्डन । बेलायतमा पछिल्लो साता कोरोना भाइरसकाे संक्रमण तीब्र रुपमा बढेकाे छ । कोरोना संक्रमण बढेपछि बेलायत सरकारले प्रत्येक हप्ता ‘र्‍यापिड टेष्ट’ गर्न आग्रह गरेको छ ।

सरकारले दैनिक एक लाख भन्दा बढी कोरोना संक्रमित पुग्नसक्ने अनुमान गरेको छ । स्वास्थ्यमन्त्री साजिद जाविदले बुधबार साँझको एक पत्रकार सम्मेलनमा दैनिक संक्रमित संख्या एक लाखसम्म पुग्ने बताएका हुन् ।

विगत एक सातामा दैनिक संक्रमित संख्या ४० हजार भन्दामाथि रहँदै आएको बेलायतमा पछिल्लो २४ घन्टामा ४९ हजार १३९ जना संक्रमित थपिएको सरकारी अधिकारीले जनाएका छन् ...

समाचार स्रोत :