Follow us: Youtube Android App
युरोप फेरि महामारीको केन्द्रमा रहेको विश्व स्वास्थ्य सङ्गठनको चेतावनी
१९ कात्तिक २०७८

युरोपभरि कोरोनाभाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा उक्त महादेश पुन: एकपटक कोभिड महामारीको "केन्द्र" बनेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ।

एउटा पत्रकार सम्मेलनमा डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले फेब्रुअरीसम्ममा युरोप महादेशमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाखभन्दा धेरै पुग्नसक्ने बताए।

उनले खोप पर्याप्त मात्रामा नलगाइँदा सङ्क्रमितको सङ्ख्या बढको बताए।

"हामीले हाम्रो काम गर्ने तरिकामा परिवर्तन गर्नुपर्छ। कोभिड-१९ बढेकोमा प्रतिक्रिया जनाउने भन्दा सुरुमै यो सङ्क्रमण हुन नदिनेतर्फ काम गर्नुपर्छ," उनले भने ...

समाचार स्रोत :