Follow us: Youtube Android App
इजिप्टमा बिच्छीले टोक्दा ३ जनाको मृत्यु, ४ सय बढी घाइते
२९ कात्तिक २०७८

आश्वान : इजिप्टको दक्षिणी सहर आश्वानमा बिच्छीको टोकाइबाट ३ जनाको मृत्यु भएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार बिच्छिको टोकाइबाट तीनजनाको मृत्यु र ४५० घाइते भएका हुन् ।

घाइतेहरुलाई किटनाशक खोप दिइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घाइतेहरुको गाउँनजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । शुक्रबार नायल नदी नजिकै आएको चर्को आँधीका कारण सो क्षेत्रमा बिच्छिको आतंक बढेको छ। चट्याङ, भारी वर्षा र हावाहुरीसहित आएको आँधीका कारण सो क्षेत्रमा बिच्छि र सर्पको आतंक बढेको बताइएको छ ।

त्यहाँका अधिकारीहरुले स्थानीयलाई घरभित्रै बस्न र धेरै रुखहरु भएको क्षेत्रमा नजान आग्रह गरेको छ । विषालु बिच्छीको बासस्थान भएको इजिप्ट बिच्छिका लागि संसारकै खतरनाक क्षेत्र मानिन्छ ...

समाचार स्रोत :