काठमाडौं । नेपाल आयल निगमले एक वर्षमा करिब १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले गत आर्थिक वर्षमा १२ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको हो ।
विश्वव्यापी महामारी कोरानाभाइरस (कोभिड–१९)को प्रभावले इन्धन खपतमा कमी आउँदा पनि निगमको नाफा झन्डै १३ अर्ब पुगेको हो । निगमले आइतबार सार्वजनिक गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार मोतिहारी–अमलेखगन्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दानी बढ्दा निगमको नाफामा बढोत्तरी आएको हो ...