Follow us: Youtube Android App
राष्ट्रिय आर्थिक रूपान्तरण २०३० : दश वर्षमा सय अर्ब अमेरिकी डलरको अर्थतन्त्र
२८ चैत्र २०७७

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५५औं वार्षिक साधारण सभाले राष्ट्रिय आर्थिक रूपान्तरण २०३० पुस्तक (भिजन पेपर) सार्वजनिक गरेको छ। महासंघको वर्तमान नेतृत्वले अबको एक दशकभित्र मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने परिकल्पनासहित भिजन पेपर तयार पारेर सार्वजनिक गरेको हो।

भिजन पेपरमा मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी दश वर्षभित्र मुलुकको अर्थतन्त्र १ सय अर्ब डलरको पुर्‍याउने र दिगो उच्च आर्थिक वृद्धिमार्फत् अतिरिक्त २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ।

यी लक्ष्य पूरा गर्नका लागि १५० अर्ब लगानी आवश्यक रहनेमा निजी क्षेत्रबाट १०८ अर्ब डलर लगानी हुने भिजन पेपरमा उल्लेख छ।  महासंघले १० वर्षका लागि तयार पारेका १०० योजनामध्ये आगामी २ वर्षभित्र  ४० वटा योजना कार्यान्वयन गरिसक्ने लक्ष राखिएको छ ...

समाचार स्रोत :