Follow us: Youtube Android App
काठमाडौं महानगरले बन्द गरायो सिटी मार्केटका पसल
२ बैशाख २०७८

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा रहेको सिटी मार्केटका पसलहरु बन्द गरेको छ । सम्झौताविना नै व्यवसायीहरुले ७–८ वर्षदेखि महानगरको स्वामित्वको भवनमा बसेको भन्दै महानगरपालिकाले पसलहरु बलपूर्वक बन्द गरेर सिल गरेको हो ।

सटर खाली गर्न एक हप्तामात्रै समय दिएको भन्दै व्यवसायीले विरोध जनाएका थिए । तर, महानगरपालिकाले पटक–पटक महानगरको भवनमा विना सम्झौता नबस्न आग्रह गर्दै आएको बताएको छ ।

भाडाको लागि भएको सम्झौताको म्याद सकिएको र सो भवनलाई महानगरले नयाँ तरिकाले उपयोग गर्ने योजना बनाएकाले व्यापारीलाई हटाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए ...

समाचार स्रोत :