Follow us: Youtube Android App
लम्बिँदै ‘हाइप्रोफाइल’ भ्रष्टाचार मुद्दा
५ बैशाख २०७८

सर्वोच्च अदालतले आयल निगमका पूर्वमहाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दामा दोस्रोपटक निर्णय सुनाउने (निसु) मिति सार्न आदेश गरेको छ। शर्माको मुद्दामा चैत १९ मा फैसला सुनाउने मिति पहिला नै तोकिएको थियो। त्यस दिन निर्णय दिन नसकेपछि बिहीबार दोस्रोपटक पनि निर्णय सुनाउने मिति सारिएको हो। २०७२ सालमा दर्ता भएको पुनरवलोकन निवेदनको फैसला अझै पनि हुन सकेको छैन। सर्वोच्च अदालतमा सुनुवाइको पालो नपाउँदा ‘हाइप्रोफाइल’ का भष्टाचारसम्बन्धी मुद्दा लम्बिँदै गएका हुन्।  

श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य आयोजनाका तत्कालीन प्रमुखसमेत रहेका शर्मालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रातारात करोडौं सम्पत्तिको मालिक बनेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। शर्माले गैरकानुनी तरिकाले सम्पत्ति थुपारेको, विभिन्न बैंक तथा वित्तीय संस्थामा नगद मौज्दात राखेको, विभिन्न कम्पनीको सेयर खरिद गरेको, आयल निगमलाई डुबाएर रातारात करौडौंको मालिक बनेको दाबीसहित उनको सम्पत्ति छानबिन गरी कारबाही गर्न २०५९ सालमा अख्तियारमा उजुरी निवेदन परेको थियो। त्यसपछि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

भ्रष्टाचार मुद्दामा विशेष अदालतले २०६४ पुस २७ मा शर्मालाई सफाइ दिएपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन निवेदन दिएको थियो। तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले २०६९ पुस २५ मा विशेष अदालतको फैसला उल्टाउँदै शर्मालाई एक वर्ष कैदसहित करिब ५४ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो। ‘विशेष अदालत काठमाडौंको फैसला उल्टी भई प्रत्यर्थी प्रतिवादी युवराज शर्मालाई ५३ लाख ९९ हजार ७ सय ८० रूपैयाँ जरिवाना हुने’ ठहर सर्वोच्चले गरेको थियो ...

समाचार स्रोत :