Follow us: Youtube Android App
१० मन्त्रालयसँग अर्थ समितिले गर्‍यो पूर्वबजेट छलफल, कुन मन्त्रालयको सिलिङ कति?
९ बैशाख २०७८

काठमाडौं- आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणले तीव्रता लिएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अर्थका उचपदस्थ कर्मचारी अहिले बजेट निर्माण व्यस्त छन्। मन्त्रालयले पनि बजेट निर्माणसँगै सरोकारवाला निकायसँग बजेटमा समावेश गर्नु पर्ने सुझाव मागिसकेको छ। मन्त्री पौडेलले बजेटकै विषयलाई लिएर पूर्वअर्थमन्त्री तथा राजनीतिक दलसँग पनि छलफल थालेका छन्।

बजेटकै विषयलाई लिएर प्रतिनिधिसभाको अर्थ समितिले पनि चालु आवको बजेट खर्चको प्रगति तथा आगामी बजेट विषयमा विभिन्‍न मन्त्रालयसँग छलफल गरिरहेको छ। समितिले दैनिक दुईवटा मन्त्रालयसम्मको विषयमा छलफल गरिरहेको छ।

समितिले अहिलेसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन, सञ्‍चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसंख्या र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल गरिसकेको छ। छलफलका क्रममा १० वटा मन्त्रालयले पाँच खर्ब २१ अर्ब ५० करोडको सिलिङ पाएको र सोहीअनुसार कार्यक्रम तय गरेको अर्थ समितिलाई जानकारी गराएका छन्। त्यमा सबैभन्दा धेरै भौतिक पूर्वाधार तथा मन्त्रालयले एक खर्ब ४७ अर्बभन्दा बढीको सिलिङ पाएको छ भने सबैभन्दा कम सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले सात अर्ब बराबरको सिलिङ पाएको छ ...

समाचार स्रोत :