Follow us: Youtube Android App
कार्यस्थलमै आइसोलेसन वार्ड बनाएर नागढुंगा सुरुङको काम
२७ बैशाख २०७८

काठमाडौँ l निषेधाज्ञाका बेला आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर नागढुंगा–सिस्नेखोला सुरुङ निर्माणको काम जारी राखिएको छ । अहिले निर्माणस्थलमा ६५० जना कामदार छन् ।

१२/१२ घण्टाको दुई सिफ्ट गरेर सुरुङ खन्ने काम अघि बढाइएको नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाका निर्देशक नरेशमान शाक्यले जानकारी दिए । क्याम्पमा दैनिक ज्वरो नाप्ने, मास्क, सेनिटाइजर प्रयोग गर्नेलगायत सबै काम भएको उनको भनाइ छ ।

‘हामीले १० वटा आइसोलेसन कोठा बनाएका छौं, जसमा ३२ जनालाई राख्न मिल्छ,’ उनले भने, ‘१५ वटा अक्सिजन सिलिन्डरको पनि व्यवस्था गरिएको छ ।’ यो सबै काठमाडौंतर्फ राखिएको हो । ‘केही दिनअघि १६ जनामा कोरोना देखियो,’ उनले भने, ‘उनीहरूलाई साइटमा राखिएको छैन, निर्माणमा खटिने अन्य कामदारको स्वास्थ्य जाँच नियमित गरेर मात्र काम अगाडि बढाएका छौं ।’ अहिले कामदारमा कुनै समस्या छैन । निर्माणस्थलमा मेडिकल टिम नै राखिएको उनको दाबी छ ...

समाचार स्रोत :