Follow us: Youtube Android App
स्टार्टअप व्यवसायलाई ऋण दिने विषयमा कार्यदल गठन
२३ जेठ २०७८

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८-७९ को बजेटमा निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रम कार्यान्वयनको तयारी गर्न अर्थ मन्त्रालयले कार्यदल गठन गरेको छ ।

आइतबार निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थासँग छलफलपछि मन्त्रालयले स्टार्टअप व्यवसाय र कार्यस्थलमा आधारित तालिम तथा रोजगारी कार्यक्रमसम्बन्धी गृहकार्य गर्न कार्यदल गठन गरेको हो ।

अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई संयोजक रहेको कार्यदलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगका साथै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधि रहेका छन् ।

संयोजक भट्टराईले कार्यदलले आर्थिक वर्ष २०७८-७९ सुरु भएसँगै कार्यक्रम कार्यान्वयन गर्ने गरी असार मसान्तभित्रै आवश्यक कार्यविधि र कार्ययोजना बनाउने बताए ...

समाचार स्रोत :