Follow us: Youtube Android App
विदेशी लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने, यस्ता छन् ८ नयाँ व्यवस्था !
२६ जेठ २०७८

काठमाडौं । वैदेशिक लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने गरी नेपाल राष्ट्र बैंकले विनियमावली बनाएको छ । राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण विनियमावली २०७८’ जारी गर्दै नेपालमा लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको हो ।

राष्ट्र बैंकले गत माघमा नै यो प्रस्ताव गरेको थियो । माघमा विनियमावली तयार पारे पनि स्वीकृत भने गरिएको थिएन । माघमा तयार पारेको विनियमावलीलाई राष्ट्र बैंकले मंगलबार स्वीकृत गरेको हो ।

योसँगै अब विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य हुनेछैन ...

समाचार स्रोत :