Follow us: Youtube Android App
पोल भाडा नतिरेका इन्टरनेट, टेलिफोन र केबलका लाइन आजदेखि काटिँदै
१६ असोज २०७८

आफ्ना पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिरेका इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) देखि काट्ने भएको छ।

बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न दिइएको समयसीमा (शुक्रबार) समेत गुजारेपछि प्राधिकरणले त्यस्ता सेवा प्रदायकहरूविरुद्ध कारबाही थाल्ने भएको हो।  

प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका अनुसार आजदेखि इन्टेरनेट, टेलिफोन र केबल टेलिभिजनको लाइन काटिनेछ। तर मुख्य लाइन काट्दा धेरै उपभोक्तालाई असर पर्ने भएकाले सांकेतिक रूपमा एक्सटेन्सन लाइन काटिने निर्देशनालयले जनाएको छ ...

समाचार स्रोत :