Follow us: Youtube Android App
जलविद्युत् परियोजनाका लागि लगानी बोर्डद्वारा ७३ अर्ब बराबरको लगानी स्वीकृत
२३ असोज २०७८

ठूला परियोजनाको संयोजन र व्यवस्थापन गरिरहेको लगानी बोर्डले ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास (बालुवाटार) मा शनिबार बसेको बोर्डको बैठकले दुईवटा जलविद्युत् परियोजनको निर्माण तथा विकासका लागि लगानी स्वीकृति तथा पुँजी वृद्धि गर्न अनुमति दिएको हो।

लगानी स्वीकृत भएकामा करिब १० अर्ब ५० करोड लागत रहने ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् आयोजना छ। सो आयोजना दोलखा जिल्लामा छ। माथिल्लो तामाकोसीको बाँधस्थल लामाबगरभन्दा माथिल्लो तटमा रहने आयोजना निजी क्षेत्रले प्रवर्द्धन गर्न लागेको हो...

समाचार स्रोत :