Follow us: Youtube Android App
बाढी–पहिरो पीडितलाई आर्थिक सहयोग, मृतकको परिवारलाई २ देखि ४ लाख
४ कात्तिक २०७८

सरकारले अविरल बर्षाका कारण आएको बाढी–पहिरोबाट मृत्यु भएका परिवारलाई तत्काल आर्थिक सहयोग दिने घोषणा गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बाढी–पहिरोका कारण मृत्यु भएकाका परिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको हो ।

बैठकले एकै घरमा एक जनाको मृत्यु भएको भएमा २ लाख, २ जनाको भए ३ लाख र ३ जनाको मृत्यु भएको भएमा ४ लाख दिने निर्णय गरेको छ । बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । बैठकले बाढी–पहिरोमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद् बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गर्दैै राज्यका सबै संयन्त्र परिचालन गर्न समेत निर्देशन दिएको छ ।

त्यसै गरी, सरकारले बाढी–पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाख रुपियाँसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख रुपियाँ उपलब्ध गराउने निर्णय भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिनुभयो । सरकारले घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराउने भएको छ ...

समाचार स्रोत :