Follow us: Youtube Android App
तीन महिनामा पौने १८ अर्बको खाद्यान्न आयात
६ मंसिर २०७८

मुलुक कृषि प्रधान देश भए पनि बर्सेनि खाद्यान्नको आयात बढिरहेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्र करिब पौने १८ अर्ब रूपैयाँको चामलसहित खाद्यान्न आयात भएको छ।

चालु आर्थिक वर्ष २०७८/७९ मा धान भित्र्याउने बेलामा भएको वर्षा र बाढीले करिब ११ अर्ब ८७ करोड रूपैयाँको धान नष्ट गरेकाले यो वर्ष चामल आयात अझै बढ्ने देखिएको छ।

धान नष्ट भएपछि स्वाभाविक रूपमा आयात बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्वसचिव योगेन्द्र कार्कीले बताए।

‘विगतमा पनि मिठोमसिनो चामल आयात हुन्थ्यो,’कार्कीले भने, ‘यो वर्ष बाढीले धेरै क्षति भएकाले स्वाभाविक रूपमा चामल आयात बढ्छ।’ गत आर्थिक वर्षमा ७९ अर्ब ५९ करोड रूपैयाँको खाद्यान्न आयात भएको थियो ...

समाचार स्रोत :