काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वायन गर्ने सन्दर्भमा बीभमा छाडिएका आयोजनाहरुलाई प्राथमिकता दिइने बताए। उनले शुक्रबार अर्थसमितिको बैठकमा बोल्दै अनगिन्ति आयोजनाहरु सरु गरेर छाडिएका र ती आयोजनालाई प्राथमिकतामा राखेर बजेट कार्यान्वायन गर्ने प्रतिबद्धता जनाए।
‘बजेटका सिद्वान्त र प्राथमिकता, नीति तथा कार्यक्रम महतज्यूले ल्याउनुभयो। माननीय वर्षमान पुनले बजेट ल्याउनुभयो कार्यान्वयन मैले गर्दैछु, अध्ययन, नभएका र स्रोत सुनिश्चितता नभएका परियोजनाहरू कार्यान्वयन गर्न गाह्रो छ,’ मन्त्री पौडेलले भने, ‘बजेट कार्यान्वयनको सन्दर्भमा चालू परियोजना तोकिएकै समयमा सम्पन्न गर्ने प्रधानमन्त्रीज्यूको निर्देशन रहेको र सोही अनुसार सरकार अघि बढेको छ।’
यस्तै उनले सहकारीको समस्यालाई समाधान गर्नका लागि नियमक निकाय नभएको र नियमक निकाय छिटो ल्याउने प्रतिबद्धता गरे। यस्तै चालू आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा सत्तापक्षका सांसद तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नै घुमाउरो पारामा राष्ट्र बैंकमाथि अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयको राष्ट्र बैंकमाथि प्रत्यक्ष दबाब देखिएको विषय साँचो नभएको बताए ...