एउटै समूहले ६० वटासम्म लगानी कम्पनी खडा गरी नेपालको सेयर बजारमा चलखेल गर्ने गरेको तथ्य पत्ता लागेको छ । धितोपत्र बोर्डले करिब ५ वर्षअघि गरेको अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएको थियो ।
तर, त्यो अनुसन्धानको प्रतिवेदन यस्तै चलखेल गर्ने कम्पनीको दबाबका कारण हालसम्म पनि सार्वजनिक गरिएको छैन । करिब ५ वर्षअघि बोर्डले सेयर बजारमा एउटै व्यक्तिले २० वटाभन्दा धेरै लगानी कम्पनी खोलेर आपसी कारोबार गर्ने गरेको भन्दै प्रेस विज्ञप्ति नै जारी गरेको थियो । त्यो विज्ञप्ति त्यही अध्ययनका आधारमा जारी भएको थियो, तर प्रतिवेदनले ६० वटासम्म कम्पनी एकै समूहले स्थापना गरी कारोबार गरेको स्पष्ट रूपमा उल्लेख गरेको थियो ...