Follow us: Youtube Android App
सेयरमा चलखेल गरेको भन्दै जनरल इन्स्यारेन्सका सञ्चालक दीपेन्द्र अग्रवाललाई कारबाही
५ बैशाख २०७८

काठमाडौं । जथाभावी सेयर किनेको भन्दै जनरल इन्स्यारेन्स कम्पनीका सञ्चालक नै कारबाहीमा परेका छन् । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले जनरल इन्स्यारेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाललाई कारबाही गरेको हो ।

समितिले अग्रवाललाई सञ्चालक पदबाट निलम्वन गरी अनुसन्धान सुरु गरेको छ । समितिको यो निर्देशनसँगै उनी सञ्चालक पदबाट निलम्बनमा परेका छन् । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सञ्चालक भएर पनि निर्देशिका विपरित सेयर कारोबार गरेको पाइएपछि कारबाही गरिएको बताए ।

बिमकको लगानी निर्देशिकाको विभिन्न दफाहरु उलंघन भएको समितिले जनाएको छ । उनले सिभिल बैंक र गोर्खा फाइनान्समा आफ्नै संस्थापक सेयरधनी रहे पनि दोस्रो बजारबाट सेयर खरिद गरेको पाइएको समितिले जनाएको ...

समाचार स्रोत :