Follow us: Youtube Android App
नेप्से सूचक २८ सय माथि पुग्दा सेयरबजारमा ११ अर्ब ६९ करोडको कारोबार
९ जेठ २०७८

सेयरबजारमा आज नेप्सेले नयाँ उचाइ लिएको छ। बजार परिसूचक नेप्से २८ सय २० अंकमा पुगेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३२.८१ अंकले बढेको नेप्से नयाँ उचाइमा पुग्दा सेन्सिटिभ सूचक पनि ८.२३ अंकले उकालो लागेको छ।

आज बजारमा २२० कम्पनीको २ करोड ५१ लाख ६३ हजार कित्ताभन्दा बढी सेयर बिक्री भएको छ।

दिनभरिमा १ लाख २६ हजार पटकको खरिदबिक्रीपछि ११ अर्ब ६९ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ...

समाचार स्रोत :