Follow us: Youtube Android App
सेयर बजारमा पहिरो, यी हुन् आज धेरै कमाउने र गुमाउने कम्पनी
१७ जेठ २०७८

काठमाडाै l बजेट सार्वजनिक भएपछिको दोस्रो कारोबार दिन सोमबार नेपालको पुँजीबजारमा पहिरो गएको छ। आइतबार हालसम्मकै उच्च कारोबारसहित 'रेकर्ड' बनेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज कारोबार रकम र परिसूचक दुवै घट्न पुगेको हो।

आज नेप्से परिसूचक ४५.०७ अंकले घटेर २७८२.८६ विन्दुमा झरेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ६.५० अंकले घटेर ५००.५५ विन्दुमा कायम भएको छ।

नेप्सेमा आज कूल १३ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार १७ अर्बको कीर्तिमानी कारोबार भएको थियो ...

समाचार स्रोत :