Follow us: Youtube Android App
सेयरको कृत्रिम माग सिर्जना गर्ने व्यवस्था रोकिँदै
३० जेठ २०७८

काठमाडौँ l दोस्रो बजारमा लगानीकर्ताले सेयरको कृत्रिम माग सिर्जना गर्न नपाउने व्यवस्था हुन लागेको छ । ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा भएको अल अर नन (एओएन) भनिने उक्त सुविधा रोक्न धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिइसकेको छ । नेप्सेले एओएन सुविधा रोकेपछि बजारमा लगानीकर्ताले सेयरको कृत्रिम माग सिर्जना गर्न नपाउने भएकाले चलखेल नियन्त्रण हुने जानकारहरू बताउँछन् ।

‘एओएन रोक्न बिहीबार नेप्सेलाई पत्र पठाएका छौं,’ स्रोतले भन्यो, ‘सिस्टममा प्राविधिक कुरा मिलाएपछि नेप्सेले उक्त निर्देशन लागू गर्छ ।’ बोर्डबाट निर्देशन आएपछि उक्त व्यवस्था कार्यान्वयनका लागि सिस्टममा केकस्तो परिमार्जन गर्नुपर्छ भनेर नेप्सेले सफ्टवेयर निर्माण गर्ने कम्पनी वाइकोलाई आग्रह गरिसकेको छ । धेरै परिमार्जन गर्नुपर्ने रहेनछ भने आइतबारदेखि, नभए केही दिनमा एओएन बन्द गर्ने नेप्सेको तयारी छ ।

सेयर खरिदबिक्रीका क्रममा हाल लगानीकर्ताले एओएन भन्ने विकल्प पाउँछन् । यो आफूले खरिद वा बिक्री गर्न चाहेको कित्ता बराबर सेयर भए मात्र किनबेच गर्ने भन्ने हो । उदाहरणका लागि लगानीकर्ताले एक हजार कित्ता सेयर खरिद वा बिक्रीका लागि अर्डर गर्दा ‘अल अर नन’ र ‘नन’ मध्ये एउटा विकल्प छान्न सक्छ । मानौं, लगानीकर्ताले अल अर नन भन्ने विकल्प छनोट गर्‍यो । यसको अर्थ उसले अर्डर गरेको सेयर एकमुष्ट रूपमा मात्र खरिद वा बिक्री गर्न चाहेको भन्ने हो । हाल लगानीकर्ताले सेयर खरिद र बिक्री दुवै अवस्थामा यो सुविधा पाउँछन् । अहिले बोर्डले नेप्सेलाई सेयर खरिदको हकमा अल अर नन भन्ने विकल्प हटाउन निर्देशन दिएको हो । आफूले चाहेको सेयर एकमुष्ट रूपमा किन्ने वा ससानो कित्तामा भन्ने अधिकार लगानीकर्ताको हो । यही कारण नेप्सेले लगानीकर्तालाई यो सुविधा दिएको थियो ...

समाचार स्रोत :