Follow us: Youtube Android App
भ्रामक सूचनामा विश्वास नगर्न राष्ट्र बैंकको आग्रह
१७ असार २०७८

नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ।

बैंकले पछिल्लो समय आफ्नो नाममा फेसबुक पेज बनाएर भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकामा गम्भीर ध्यानकर्षण भएको जनाएको छ।
बैंकले आज विज्ञप्ति जारी गर्दै ती सूचनामा विश्वास नगर्न आग्रह गरेको हो।

हालसम्म नेपाल राष्ट्र बैंकको कुनै पनि आधिकारिक फेसबुक पेज नरहेको र कुनै पनि प्रकारको सूचना जानकारी तथा आव्हान फेसबुक पेजमार्फत नगरिएको राष्ट्र बैंकले जनाएको छ।

‘हालसम्म राष्ट्र बैंकको कुनै पनि आधिकारिक फेसबुक पेज नरहेको र यसबाट बैंकको कुनै पनि सूचना तथा जानकारी नगरिएको व्यहोरा सबैलाई जानकारी गर्न चाहान्छौं’, विज्ञप्तिमा भनिएको छ। अनाधिकृत रुपमा राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी पोष्ट गराउनेलाई साइबर अबराधसम्बन्धी कानुन बमोजिम कारबाही गरिने बैंकले जनाएको छ ...

समाचार स्रोत :