Follow us: Youtube Android App
नेप्से फेरि ओरालोतिर : १३ समूहको परिसूचक घट्यो, ५ अर्बको कारोबार
२९ भदौ २०७८

काठमाडौं : शेयर कारोबार मापक परिसूचक नेप्से मंगलबार फेरि ओरालो लागेको छ। नेप्से १८.५४ अंकले घटेर २९२९.२८ विन्दुमा पुगेको छ। कारोबारको अघिल्लो दिन अर्थात् सोमबार नेप्से ०.२७ अंकले बढेर २९४७.६९ बिन्दुमा पुगेको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार कित्ता शेयर ५ अर्ब १९ करोड मूल्य बराबरमा खरिदबिक्री भए। आज कारोबारमा आएका १३ वटा समूहको परिसूचक घटेको छ। सोमबार ७ समूहको परिसूचक बढेको थियो।

सबैभन्दा बढी निर्जीव विमाको २७७.८६ अंकले घटेको छ। जीवन विमाको १४४.६८, उत्पादनको ६७.३९, विकास बैंकको ६६.८४, वित्तको २८.६२ अंकले घटेको छ। १३ वटै समूहको परिसूचक घटेको बजारमा दुईवटा कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले सर्किट लेभलमा कारोबार भएको छ। मनकामना स्मार्ट लघुवित्त र सानिमा जनरल इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज राष्ट्रिय बिमा कम्पनीको शेयरमूल्य सर्वाधिक ५.५६ प्रतिशतले घटेको छ ...

समाचार स्रोत :