Follow us: Youtube Android App
सत्ताको आडमा इच्छाराजको मनपरी : ६९४ बचतकर्ताको साढे ७ अर्ब जोखिममा
१९ असोज २०७८

काठमाडौं । सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङविरुद्ध ५ वर्षअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगीको उजुरी परेको थियो । सिभिल सहकारी संस्थाका ११ बचतकर्ताले आफूहरुले बचत गरेको रकम ठगी गरेको भनी उजुरी दिएका थिए ।

नेकपा एमालेका तर्फबाट संविधानसभा सदस्यसमेत भएका इच्छाराजविरुद्ध सहकारी विभागमा करिब ५ दर्जन उजुरी परे । तर न विभागले छानबिन गर्‍यो न प्रहरीले नै ।

सोमबार साँझ भने सिभिल मलबाटै इच्छाराज पक्राउ परे । सिभिल सहकारीका हालका अध्यक्ष केशव श्रेष्ठसहित ११ जना पनि पक्राउ परेका छन् । पक्राउ परेकाहरुबाट बयान लिएर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले बताएको छ ...

समाचार स्रोत :