Follow us: Youtube Android App
निक्षेपको ब्याजदर १० प्रतिशत नाघ्यो, कर्जाको पनि बढ्ने
२ कात्तिक २०७८

काठमाडौँ — तरलता अभाव तत्काल समाधान हुने सम्भावना नदेखिएपछि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर पुन: बढाएका छन् । कात्तिक १ देखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाले गरेको नयाँ व्यवस्थाअनुसार एकवर्षे मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशत नाघेको छ ।

सरकारी खर्च बढ्ला र वित्तीय प्रणालीमा तरलताको अवस्था सहज होला भनेर पर्खिबसेका बैंकले अपेक्षा गरेको निक्षेप संकलन नभएपछि ब्याजदर बढाउनुपरेको बताएका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये १७ वटाले बढाएका छन् भने ७ वटाले स्थिर राखेका छन् । तीन बैंकले गत असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाएका छन् ।

कर्जा वृद्धिको तुलनामा निक्षेप संकलन निकै कम भएपछि बैंकहरू ब्याजदर बढाउन बाध्य भएको बैंकर्स संघका उपाध्यक्ष अनिलकुमार उपाध्यायल बताउँछन् । ‘निक्षेप संकलन र कर्जा प्रवाहबीच सन्तुलन मिलेन,’ उनले भने, ‘कर्जा माग धेरै छ भने निक्षेप संकलन कम छ । यही कारण पनि ब्याजदर बढाउनुपर्ने भयो ...

समाचार स्रोत :