Follow us: Youtube Android App
कर्णालीमा पुल बनाउने गुमनाम पात्र : जसको मृत्युको कारण ४८ वर्षसम्म रहस्यमै
२१ साउन २०७८

दलवीरसिंह कामी, जसले बनाएका थिए दर्जन पुल

दैलेख : कर्णालीका एक इतिहास हुन्, दलवीरसिंह कामी। जसले ३ कक्षासम्म पढे। तर, आफ्नो ज्ञान र सीपले झोलुंगे पुल निर्माणमा इन्जिनियरसरह बने। उनको क्षमताको कदर गर्दै जिल्ला पञ्चायतमा सब–ओभरसियरको जागिर दिइयो। उनै इतिहास गुमनाम प्रायः छन्। उनको मृत्यु ४८ वर्षदेखि रहस्यमै छ।

उनको जन्म दैलेखको गुराँस–४ रतीखोलामा विसं १९७८ मा भएको थियो। उनी फलामका सामान बनाउँथे। पछि बुवासँगै सुर्खेत झरे। सुर्खेतमा आरन चलाए। उनले भेरी नदीमा पुल नहुँदा गाउँलेले भोगिरहेको सास्ती नियालिरहेका थिए। त्यही भएर २०१९ सालतिर झोलुंगे पुल बनाउन सुर कसे। आफू धनी भएर होइन, भेरीमा पुलको आवश्यकता ठानेर ...

समाचार स्रोत :