Follow us: Youtube Android App
पुनर्निर्माणको बाँकी कामलाई स्रोत उपलब्ध गराउन निर्देशन
२२ साउन २०७८

भूकम्पपछिको पुनर्निर्माणको बाँकी काम समयमै पूरा गर्न प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले आवश्यक स्रोत र जनशक्ति उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो ।

बैठकले निर्माण भएका संरचनाको संरक्षणका लागि स्रोत सुनिश्चित गर्र्नुपर्ने उल्लेख गर्दै अहिलेसम्म स्थानीय सामाजिक समस्या, आर्थिक समस्या, जनशक्तिको समस्या र निर्माणका लागि आवश्यक सामग्रीको समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । अब बाँकी काम कसरी पूरा गर्ने र निर्माण भएका संरचनाको दिगोपनाका विषयमा समितिले चासो राखेको छ । बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणको थपिएको अवधि सकिँदासम्म निजी आवास निर्माण शतप्रतिशत सम्पन्न हुने जानकारी दिनुभयो । पछिल्लो तथ्यांकअनुसार हालसम्म ८ लाख ६६ हजार १६० लाभग्राही पहिचान भएका छन् जसमध्ये ९५ दशमलव ७८ प्रतिशत अर्थात् ८ लाख २९ हजार ६६७ ले अनुदान सम्झौता गरेका छन् ...

समाचार स्रोत :